बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेले बोलायो स्थायी कमिटी बैठक, के छ एजेन्डा ?

बुधबार, कार्तिक ३ २०७८

काठमाडौँ । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी  बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उक्त स्थायी कमिटीको बैठकमा स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेले ६ गते वडा र ९ गते पालिकाको एकै दिन देशभर अधिवेशन गर्ने एमालेका केन्द्रीय सदस्य एवं कार्यालय सचिव  शेरबहादुर तामाङले जनाए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन्।