काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा भएको खेलमा घरेलु टोलीलाई २६ रनले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।
बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । पहिलो चरणको समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।
ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले पनि २ खेलमा २ अंक जोडेको छ । हिजो भएको पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले हराउँदै दोस्रो जित निकालेको छ ।