काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से ७७ दसमलव ३३ अंकले घटेर २५ सय १० दसमलव ७३ अंकमा झर्दा सेन्सिटिभ पनि १३ दसमलव २८ अंकले घटेर चार सय ७१ दसमलव ९१ अंकमा झरेको छ ।
दुई सय २१ वटा कम्पनीहरुको ५४ हजार चार सय ५२ पटकको कारोवारमा ९५ लाख ७५ हजार छ सय एक कित्ता सेयर किनबेच भएका छन भने कुल कारोवार रकम तीन अर्ब ७८ करोड ३४ लाख २२ हजार नौ सय ९५ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५१ दसमलव ६६ अंकले घटेर १७ सय ७३ दसमलव ४२ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय १४ दसमलव आठ अंकले घटेर ११ हजार दुई सय ५८ दसमलव २३ अंकमा झरेको छ ।
यसैगरी बिकास बैंक, जलबिद्युत, जीवन बीमा ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महुली सामुदायिक लघुबित्त बित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक सेयर परेको छ ।