शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एएफसी अण्डर २३ एसियन कप छनौटकालागि नेपाली फुटबल टोली ताजिकिस्तान प्रस्थान, नेपाल कठिन समूहमा

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । एएफसी अण्डर २३  एसियन कप छनोटका खेल खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा नेपाल समूह बी मा छ ।

नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह ‘बी’मा छन् ।  नेपालले आगामी  शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ । छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि गएका छन् ।