शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भोलिदेखि राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुदै, १६ टिमको सहभागिता

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । सप्तरीको राजविराजमा भोलिदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा हुने  खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष रवीन्द्र यादवले जानकारी दिए ।

युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल  कात्तिक १२ गतेसम्म चल्ने छ । 

प्रतियोगितामा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रन्जीतपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरीलगायतको सहभागिता रहने छ । 

उद्घाटन खेलमा लहान क्रिकेट क्लब, सिरहा र फूलबारी क्रिकेट क्लब, सुनसरी भिड्ने छन् ।  त्यस्तै, जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुनेछन् ।  

खेलमा सप्तरीबाट ६ वटा टिम , धनुषाबाट दुईवटा , महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट एक÷एक  टिमको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताको कुल खर्च १५ लाख हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले  नगद  एक लाख रुपैयाँ , ट्रफी, प्रमाणपत्र र मेडल पाउने छ ।  द्वितीय पुस्कारको रुपमा नगद  ५० हजार रुपैयाँ पाउने छन् ।