शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु

मंगलबार, कार्तिक २ २०७८

काठमाडौँ l छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको छ । 

उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै वेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।