बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साफको उपविजेता बनेर नेपाली टोली घर फर्कियो

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ ।  
नेपाली टिम  बिहान सवा ९ बजेतिर काठमाडौं ओर्लिएको हो ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारी लगायतले स्वागत गरेका छन् । यस्तै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३- ० ले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर,  नेपाली टोली पहिलो पटक साफको उपविजेता बनेर घर फर्किएको हो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।