शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

५१ वर्षीया महिलालाई जबरजस्ती करणी

सोमबार, कार्तिक १ २०७८

उदयपुर l ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

धन बहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।