बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दशैँपछिको पहिलो दिनै नेप्सेमा छायो हरियाली

आइतबार, असोज ३१ २०७८

काठमाडौँ l नेप्सेमा उछाल आएको छ । दशैंको बिदा पछि आज पहिलो दिन खुलेको नेप्से १७ दसमलव ५९ अंकले बढेर २६ सय ५६ दसमलव ९६ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव १७ अंकले बढेर चार सय ९७ दसलव ३९ अंकमा चढेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको २१ हजार तीन सय २८ पटकको कारोवारमा ४७ लाख ६० हजार दुई सय ९५ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार तीन सय ७१ रुपैयाँ पुगेको छ ।  

१३ वटा समुहको कारोवार हुंदा आज सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव २४ अंकले बढेर १८ सय ६२ दसमलव १९ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय २२ दसमलव ४७ अंकले बढेर ११ हजार नौ सय ९९ दसमलव ९७ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय १२ दसमलव ६३ अंकले बढेर १५ हजार ४३ दसमलव ९७ अंकमा पुग्दा बिकास बैंक, ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहरुको सुचक पनि उच्च अंकले बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक लिमिटेड परेको छ ।