शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रुकुमको मुसिकोटमा प्रहरी र स्थानीयबीच झडप, ७ प्रहरी घाइते, गम्भिर असईलाई काठमाडौं ल्याइयो

शनिबार, असोज ३० २०७८

काठमाडौं । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् ।

गएराति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते भएका  सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ  । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १  बागबजार नजिकै  पार्किङ गरी राखिएको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।  

घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको  छ ।  चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।