काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि नेपालले आज बङ्गलादेशका सामना गर्दै छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
मालेस्थित रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । बंगलादेशविरुद्धको हेड टु हेड मा नेपाल निकै पछि छ ।
नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।
साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ ।
अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।
तर, नेपाल भारतसँग भने १–० ले पराजित भएको थियो । आज नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।