शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

बुधबार, असोज २७ २०७८

चितवन l खैरहनी नगरपालिका–२ स्थित अनमोल इँटा उद्योगभित्र रोकी राखेको ना.३ त ७५१ नम्बरको ट्याक्टरमा चडी खेल्ने क्रममा गुड्न जाँदा सोही इँटा भट्टामा काम गर्ने काभ्रे घर भएका केशव परियारको छोरा ४ वर्षीय आयुस परियारको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।