विराटनगर । मोरङको रंगेलीस्थित धनपालथान कर्सिया बजारमा दिनदहाडै बैंक लुट्ने प्रयास भएको छ । पाँच जनाको समूहले सुरक्षा गार्डमाथि गोली चलाएर बैंक लुट्ने प्रयास गरेका थिए । लुटेरा समूहको प्रयास विफल भएपछि उनीहरु भागेको बताइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार लुटेराले सिटिजन्स बैक लुट्ने प्रयास गरेका हुन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ । घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् ।