बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दशैं अघिको अन्तिम कारोबार दिन नेप्से २३ अंकले घट्दा ३ अर्बको कारोबार

सोमबार, असोज २५ २०७८

काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो १८ दसमलव ६३ अंकले घटेको नेप्से आज सोमबार पुन  २३ दसमलव १९ अंकले घटेर २६ सय ३९ दसमलव ३७ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ५६ अंकले घटेर चार सय ९४ दसमलव २२ अंकमा झरेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको ४४ हजारा चार सय ६२ पटकको कारोवारमा ९३ लाख १४ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ पुगेको छ ।  

१३ वटा समुहको कारोवार हुंदा सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक बढेर बाँकी ११ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव २५ अंकले घटेर १८ सय ५५ दसमलव ९५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दसमलव ९३ अंकले घटेर २७ सय २८ दसमलव ९२ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुबित्त समुहहरुको सुचक पनि घटेका छन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई समुन्नत योजना एक परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।