बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रुपन्देही घटनाको विषयमा राष्ट्रिय सभामा एमालेको प्रश्न : दसैंलाई किन दसा बनाएको ?

सोमबार, असोज २५ २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाएको छ। 
एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आज राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको आरोप लगाए। उनले सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार गरेर यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गरेको आरोप लगाए ।
सुकुम्वासी समास्या समाधान आयोग गठन गरेर जग्गा वितरण गर्ने समयमा खारेज गदै सरकारले उनीहरुमाथि दमन गर्ने नीति लिएको भट्टराईको आरोप थियो ।
सांसद भट्टराईले आफ्नै जिल्लामा गोली ठोकेर गृहमन्त्री कुन मुख लिएर जिल्ला जाने भन्दै प्रश्न समेत गरे