काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।