शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिप: भारतसँग हार्‍यो नेपाल

सोमबार, असोज २५ २०७८

काठमाडौँ l ​माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ