काठमाडौँ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले चन्दा नदिएपछि गाडीमा प्रयोग हुने मोबिल छ्यापेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नेत्रवित्रम चन्द समूहका कार्यकर्तालाई चन्दा नदिएपछि मोबिल छ्यापेका हुन् ।
आइतबार मध्यान्ह करिव १२ बजे केही जनप्रतिनिधि र सेवाग्राहीसहित कार्यकक्षमा बसिरहँदा आफू्माथि ५ जनाको संख्यामा आएका चन्द समूहका कार्यकर्ताले मोबिल छ्यापेको सुवेदीले बताए ।
मोबिल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका, ४ का विजय बिक नाम गरेका एक जनालाई सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीले ढोकामै समात्न भ्याएका थिए ।
बिक हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताएका छन् ।