शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चौतर्फी आलोचना बढेपछि नवनियुक्त उद्योग मन्त्री हमालद्वारा पदबाट राजिनामा, आफुलाई प्रधानन्यायाधीशसँग जोडेकोमा गम्भिर दुखेसो

आइतबार, असोज २४ २०७८

काठमाडौं । चौतर्फी आलोचना बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।  नियुक्त भएको तीन दिनमै हमालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानन्यायाधीश राणा र न्यायालयकै आलोचना हुन थालेपछि हमालले राजीनामा गरेका हुन् । हमालको राजिनामा स्विकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफूमाथि ब्यक्तिगत रुपमा टिका टिप्पणी बढ्न थालेको भन्दै उनले राजिनामा दिएको बताएका छन् ।
कांग्रेसले मन्त्री बनाउँदा प्रधानन्यायाधीशसँग जोड्ने काम भयो, त्यसकारण आफुलाई मन्त्री पदमा बसिरहन उचित नलागेको हमालले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर  देउवा निकट हमाल नेपाली

कांग्रेसका पुराना नेता हुन् । हमाललाई शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरिएको थियो ।