शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिपमा नेपाल आज भारतसँग भिड्दै, शिर्षस्थानको नेपालले जोगाउला त साँख ?

आइतबार, असोज २४ २०७८

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । उता भारत भने जारी प्रतियोगितामा संघर्ष गरिरहेको छ ।

उसले बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल समुहको शिर्ष स्थानमा रहेको छ ।

४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंकसहित माल्दिभ्स तेस्रो तथा २ अंक जोडेको भारत चौथो स्थानमा छ । आजको पहिलो खेलमा साविक विजेता माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।

नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।