बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भाजपाको निम्तोमा भारत पुगेको नेपाली टोलीले आज मुख्य मन्त्री योगीलाई भेट्यो, नेपालको राष्ट्रियता बलियो बनाउन योगीको सुझाव

शनिबार, असोज २३ २०७८

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आज विहान भेटेको छ । 

 उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालय पुगेर नेपाली टोलीले मुख्य मन्त्रीलाई भेटेको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा छलफल भएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका  कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले  जानकारी दिए ।  

मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताएका थिए ।  मुख्यमन्त्री योगीले नेपाल र नेपालीको रष्ट्रियता बलियो भए मात्रै भारतको हित हुने भएकाले नेपालको राष्ट्रियता सबल हुनुपर्नेमा जोड दिएका थिए ।

डा. महतले  बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी दिएका थिए । 

भारतीय जनतापार्टीको निमन्त्रणामा तीनदिनअघि नेपाली टोली भारत गएको थियो । टोलीमा डा महतसँगै   कांग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । योगीसँगको भेटमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर पनि सँगै थिए ।