काठमाडौं । एभरेष्ट प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरमा चलिरहेको प्रतियोगिताको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग खेल्दैछ ।
पहिलो क्वालिफायरमा भिडेका यी दुई टोली लिगको उपाधिका लागि पहिलोपल्ट भिडन लागेका छन् ।
खेल अघिको प्रिम्याच कन्फरेन्समा चितवनका कप्तान सोमपाल कामीले नयाँ अवसर आएको बताएका छन् ।
फाइनल खेल सवा १२ बजे सुरु हुनेछ ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेकाले पनि आजको फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।