काठमाडौँ l सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सरकारमा जाने नयाँ चार मन्त्री टुङ्गो लगाएको छ । कांग्रेसका तीनै समूहबाट चार मन्त्रीको टुङ्गो लागेको हो । जस अनुसार दिलेन्द्र बडू कानुन मन्त्री बन्ने भएका छन् ।
यस्तै डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् । रिजाल र बडू दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट उमा रेग्मीलाई महिला मन्त्रालय दिने भएका छन् ।
त्यस्तै पूर्वमहामन्त्री कृष्ण सिटौला समूहबाट उमाकान्त चौधरीले खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन् । त्यसैगरी कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा लगिएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सरकारमा जाने नयाँ चार मन्त्री टुङ्गो लगाएको छ । कांग्रेसका तीनै समूहबाट चार मन्त्रीको टुङ्गो लागेको हो । जस अनुसार दिलेन्द्र बडू कानुन मन्त्री बन्ने भएका छन् ।