शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित, नेपाल शिर्ष स्थानमा कायमै

शुक्रबार, असोज २२ २०७८

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २  – शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २– ०  गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एकरएक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाएका हुन्   

जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १- ० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो ।

यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाल शिर्ष स्थानमा कायमै छ । 

हिजो भएको पहिलो खेलमा  भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।