बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ईपीएल: पोखरा राइनोज फाइनलमा

बिहिबार, असोज २१ २०७८

काठमाडौँ l पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। कीर्तिपुर क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले हरायो।

पोखराका सहान एराचचिजले सर्वाधिक ५३ रन बनाए। विपिन रावलले पनि ४३ रन बनाए। एराचचिजल र विपिनले चौथो विकेटका लागि  अविजित ८८ रनको साझेदारी गरेका थिए। ३५ रन जोड्दा तीन विकेट गुमाएर दबाबमा आएको पोखरालाई यी दुई ब्याट्सम्यानले सम्हालेका हुन्। एराचचिजले ४४ बलमा ७ चौका र विपिनले ३४ बलमा एक छक्का र तीन चौका प्रहार गरे।

त्यसअघि  पहिला ब्याटिङ गरेको भैरहवालाई १ सय १९ रनमा सिमित गरेको पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।  त्यसअघि पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन जोड्यो। भैरहवाका कप्तान शरद भेषावकरले अविजित ३२ रन जोडे। आरिफ शेखले २७, प्रदीप ऐरीले ११ र उपुल थारङ्गाले १० रन बनाए।

सर्भिन मुनियान्डी ३ र कुशल मल्ल १ रनमै आउट भए। पोखराका किशोर महतो र सहान एराचचिजले २/२ विकेट हात पारे। नन्दन यादव र आसेला गुणारत्नेले एक-एक विकेट लिए। चार ओभर बलिङ गर्दै नन्दनले १९, एराचचिजले १६ र किशोरले २१ रनमात्र खर्चिएका थिए।

पोखराले उपाधिका लागि चितवन टाइगर्ससँग खेल्ने छ। फाइनल शनिबार हुने छ।