शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँचथर अस्पतालमा तोडफोड, आकस्मिक बाहेकका सेवा ठप्प

बिहिबार, असोज २१ २०७८

काठमाडौं । पाँचथर अस्पतालमा उपचाररत एक बालिकाको ज्यान गएको आक्रोशमा स्थानीयबासिन्दाले अस्पतालको भवनमा तोडफोड गरेपछि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प भएका छन् ।

भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि दुर्व्यवहार भएपछि  आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । ज्वरो आएपछि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका–८ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको हिजो उपचारका क्रममा ज्यान गएको थियो । ज्वरो आएपछि क्रिष्टिनालाई अस्ति अस्पताल भर्ना गरिएको थियो ।  उनका आफन्तले घटना छानबिनको माग गर्दै अस्पतालको भवनमा तोडफोड गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो ।  त्यसक्रममा ८ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।