काठमाडौं । महोत्तरीको जलेश्वर –९ फुल्हट्टा गाउँमा लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चार जनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरी लगेका हुन् ।
लुटेराले घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको पिडितले बताएका छन् ।