शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्त्री छान्न जसपा बैठकमा जुट्यो , आजै साँझसम्ममा प्रधानमन्त्रीलाई नाम बुझाउने तयारी

बुधबार, असोज २० २०७८

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

काठमाडौंमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ ।

बैठक पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दैछ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने तयारी छ । बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति जुटाउने तयारी छ ।

जसपाले आज साँझसम्ममा आफुले पाउने भनिएका ४ मन्त्रालयका मन्त्रीको नामावली प्रधानमन्त्रीलाई बुझाउने बुझाउने बताएको छ ।