बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सप्तरीमा एक युवती मृत फेला

बुधबार, असोज २० २०७८

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृत अवस्थामा भेटिएकी छन्  । 

 रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीकी २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

 शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले बताएका छन्  । मृतक युवती पहिलादेखि नै मानसिक रोगी भएको बताइएको छ ।  

घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनी गत शनिबारदेखि बेपत्ता थिइन् ।