काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत जाने भएको छ ।
भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणमा महतको टोली भोलि विहिबार नयाँ दिल्ली जाने भएको हो । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतको टोलीमा कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया रहनेछन् ।
चार दिन लामो दिल्ली बसाईपछि कांग्रेस नेताहरु असोज २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक कांग्रेसले आफ्नो टोली भारत पठाउन लागेको हो ।
महतको टोलीले दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सम्बन्ध विस्तारमा कुराकानी हुने बताइएको छ।