बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई स्मार्ट दशैं अफरमा २० प्रतिसतसम्मको नगद फिर्ता

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिसतसम्म नगद फिर्ता पाउने भएकाछन ।

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिसतसम्म नगद फिर्ता पाउने भएका हुुन । 

बैंकको कार्ड बाहकहरुले यो अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्री पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेका २० प्रतिसत वा अधिकतम १५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन । स्मार्ट दशैं अफरमा बैंकको कार्ड बाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिसतसम्म नगद फिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।