शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l काठमाडौं महानगरपालिका–२० रामघाटस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बानेश्वनरस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । 

दाङको गढवा गाउँपालिका–६ तल्लो मतपुर बस्ने ४० वर्षीय पञ्चराम चमार आफ्नो घरबाट करिब १ सय मिटर टाढा रहेको मतपुर नसला सामुदायिक वनको घाटगद्धिमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।