बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डुबेर तीन जनाको मृत्यु

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित कमलपोखरीमा डुबेर सोही ठाउँ पाटीमा बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका २६ वर्षीय रमेश खड्काको छोरा ६ वर्षीय रोसन खड्काको मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सिरहाको बरियापट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने रबिन कुमार यादवकी छोरी १८ महिनाकी प्रिन्सा कुमारी यादवको आफ्नै घर नजिक खेतमा जमेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । 

बाराको सिम्रौनगढ नगरपालिका–१ ढाँटटोल बस्ने जितन मुखियाकी छोरी ६  वर्षीया सुमन कुमारीको डुबेर बुधबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारको लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।