शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु   

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l धनुषाको जनकपुर उपमहानगरपालिका–१८ भोईलस्थित सडकमा ज.९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय कुनाल कुमार साह समेत ३ जनाको  बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका–१ बडरीयामा पावर टेलर पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा पावर टेलरमा सवार सोही गाउँपालिका–१ बस्ने ४५ वर्षीया कौसिला देवी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।