शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध रुपमा भन्सार छलि लैजाँदै गरेको केराउ बरामद

मंगलबार, असोज १९ २०७८

बर्दिया l अबैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ मधुबन नगरपालिका–८ बाट बुधबार प्रहरीले बरामद गरेको छ । 

अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ केराउ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरीले उक्त केराउ फेला पारी बरामद गरेको हो । 

बरामद केराउ आबश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।