शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

मंगलबार, असोज १९ २०७८

काठमाडौँ l हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैकका अनुसार बुधबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । 

यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष रहेको कर्मचारी सञ्चय कोष्का प्रशासक तुलसी प्रसाद गौतम रहेका थिए । गौतमले सञ्चयकोषबाट पुन पुर्नबहाली भएर आएका थिए ।

कोषको सञ्चालक समिति बैठकले बैंकमा गौतको स्थानमा अर्को सञ्चालक पठाएपछि बैंकको अध्यक्ष रिक्त बनेको थियो ।

यसअघि हिमालयन बैंक सञ्चालक समितीको अध्यक्षमा मनोज बहादुर श्रेष्ठ रहेका थिए । अहिले अध्यक्षमा चुनिएका प्रचण्ड मनोज बहादुर श्रेष्ठका भाई हुुन ।