रुपन्देही l रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित जय अम्बे राईस मिलमा करेन्ट सर्ट भई बिहीबार दिउँसो एलिभेटर मेसिनमा आगलागी हुँदा मेशिनको बिभिन्न पार्टपूर्जा जलेर करिब २३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र सोही मिलका काम गर्ने व्यक्तिहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।