शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

मंगलबार, असोज १९ २०७८

बाँके l बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका–५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । 

जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।