शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विष्णु पौडेललाई उत्तराधिकारी बनाउने ओलीको रणनीति, महासचिव बनाउने तयारी!

सोमबार, असोज १८ २०७८

काठमाडौँ l नेकपा एमालेको विधान अधिवेशनमा पेस गरिएको प्रस्तावमा बरिष्ठ नेता र उपमहासचिव हटाइएको छ। यसलाई नै अनुमोदन गराउने तयारी भएको छ। उमेर हद ७० बर्ष कायम गर्नेगरी एमाले अगाडि बढेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यी सबै प्रस्ताव उपमहासचिव रहेका विष्णु पौडेललाई उत्तराधिकारी बनाउनेगरी तयार पारेको बताइएको छ। 

ओलीको उत्तराधिकारीका रुपमा उपमहासचिव विष्णु पौडेल र सचिव शंकर पोखरेल देखिएका छन्। विधान मस्यौदाको धारा ८३ मा ७० वर्ष उमेर पुरा नभएको नेता मात्रै कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउने उल्लेख छ। 

यो मस्यौदा विधान महाधिवेशनले पारित गरेको खण्डमा अहिले रहेका उपाध्यक्षदेखि महासचिवसम्मले ११ औं महाधिवेशनबाट नेतृत्वका लागि मैदानमा उत्रिन पाउने छैनन्। 

१० औं महाधिवेशनबाट पार्टीको अध्यक्ष निर्वाचित हुने तयारीमा ओली आफैं छन्। 
उमेरहद लागू भए नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेल र भीम रावलको  ११ औँ महाधिवशेनमा कार्यकारी पदमा रहने छैनन्।

यसैबीच प्रस्तावित एक महासचिवमा आगामी महाधिवेशनमा पौडेललाई नै जिताउने राणनीतिमा ओली लागेका छन्। यसो हुँदा ११ औंमा पौडेल स्वतः नेतृत्वका दाबेदार हुनेछन्।