शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ प्रणालीमा राष्ट्र बैंकले ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

सोमबार, असोज १८ २०७८

काठमाडौँ l बैंक तथा फाईनान्स कम्पनीहरुमा राष्ट्र बैंकले ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ कात्र्तिक दुई गतेदेखि २०७९ कात्र्तिक दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसरी राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ४४ करोड ८० लाख, बिकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही असोज १९ गते मध्यान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।