शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रचण्डले तोकिदिए पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष, औपचारिक घोषणा हुन बाँकी

आइतबार, असोज १७ २०७८

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए ।

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका हुन् । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने बताइएको छ ।