बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव किन खनिए एनसेल माथि ? जनताको पक्षमा लड्ने भए आफुसँग आउन प्रचण्डलाई निम्तो

आइतबार, असोज १७ २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले केहि निजी कम्पनीले पार्टीका नेताहरु पालेको आरोप लगाउदै गणतन्त्र दलालहरुको व्यवस्था बनेको बताएका छन् ।

काभ्रेमा आयोजित कार्यक्रममा महासचिव विप्लवले मोबाइल सेवा प्रदायक कम्पनी ‘एनसेलले पालेका नेताहरुबाट गणतन्त्रको रक्षा नहुने जिकिर गरे । एनसेलप्रति निकै आक्रामक देखिएका विप्लवले एनसेल लुटेरा संस्था भएको आरोप लगाए ।

कांग्रेस, एमाले, माओवादीलाई एनसेलले पालेको चन्दको आरोप छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताको पक्षमा सँगै लड्न प्रस्ताव गरेका छन् ।

‘प्रचण्ड’ले पार्टी एकताका लागि नेकपा लगायतका दलसँग पहल भइरहेको बताइरहेका बेला ‘विप्लव’ले भने अहिलेकै अवस्थामा सहकार्य सम्भव नभएको भन्दै जनताको पक्षमा सँगै लड्ने प्रस्ताव गरेका हुन् ।

विप्लवले ‘प्रचण्ड’ र बाबुराम भट्टराईले आफ्नो देश र जनताको बारेमा फैसला लिने बेला दिल्लीका मालिकसँग साँठगाँठ गरेपछि आफुहरुले विद्रोह गर्नुपरेको खुलाए ।

उनले आफुहरु अहिले एक्लै भएपनि वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने उद्घोष गरे ।