बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ईपीएल: काठमाडौं र भैरहवाको खेल स्थगित

शनिबार, असोज १६ २०७८

काठमाडौं – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेट अन्तर्गत  भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स-११ बीचको खेल स्थगित भएको छ । टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र काठमाडौंबीचको खेल स्थगित गरिएको हो ।

शनिबार बिहान परेको वर्षाको कारण मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेको हो । भैरहवा र काठमाडौंबीचको खेल टस समेत नभई स्थगित भएको हो ।   भैरहवा र काठमाडौंबीचको खेल बिहान ९स्३० बजे सुरु हुने तालिका थियो ।

यो खेल अर्को मितिमा हुनेछ। भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।