शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ईपीएल भैरहवा र काठमाडौं तथा विराटनगर र भैरहवा भिड्दै

शनिबार, असोज १६ २०७८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज पनि दुईवटा खेलहरु हुँदैछन् ।

 त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाण्डौ किङ्ग्स–११  खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौ पनि दोस्रो जितको खोजीमा  छ ।

यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल भने दिउँसो साढे एक बजे सुरु हुनेछ ।