शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गरेर सभा स्थलतर्फ पुर्‍याउने

शुक्रबार, असोज १५ २०७८

काठमाडौं । पार्टी विभाजनपछि एमालेले आजदेखि ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गर्दैछ । नीति र विधि तय गर्न एमालेले झण्डै ६ हजार प्रतिनिधिलाई महाधिवेशनमा सहभागी गराउने जनाएको छ । एमालेले आगामी मङ्सिरको दोस्रो साता नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशन स्थलसम्म पुग्नका लागि कार्यकर्ताहरुले गाडी र मोटरसाइकलसहित एस्कर्टिङ गर्ने भएका छन् । अनेरास्ववियु, युवा संघ लगायतले अध्यक्ष ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म गाडी र मोटरसाइकलमा स्कर्टिङ गरेर लगिन लागेको हो ।

एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुर गोदावरस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा तीन दिनसम्म चल्ने महाधिवेशन पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक हुने विश्वास एमाले नेताहरूको छ ।