बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

डेढ महिनामा ५ सय ६५ अंकले घट्यो नेप्से, बैंकमा बढेको ब्याजदरको असर

शुक्रबार, असोज १५ २०७८

काठमाडौँ । डेढ महिनामा सेयरबजार परिसुचक नेप्से ५ सय ६५ अंकले तल भरेको छ  । बैंक तथा वित्त संस्थाले बैंकको ब्याज बढाएसँगै त्यसको सिधा असर सेयर बजारमा देखिएको छ।

बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत पुराएका छन् । तरलताको अभाव चर्किएकाले कात्तिकमा यो अझै बढ्ने देखिन्छ । बढ्दो ब्याजका कारण लगानीकर्ता प्यानिक भएका छन्, जसको असर बिहिबारको बजारमा पनि देखिएको छ ।

बिश्लेषकहरु बजार अझै ताल जान सक्ने बताउँछन् ।  साथै बजार ह्वात्तै बढेकाले यसरी झर्नुलाइृ पनि स्वाभाविक मान्नुपर्ने तर्क गर्छन् ।

बजार अब ठूलो अकंमा नझरेपनि अझै केहि अंक तल सम्म ओर्लने उनिहरुको आकलन छ । चाडपर्वका कारण कैयनले सामान खरिदका लागि समेत सेयर बेचेका छन् । जसको असर पनि बजारमा  परेको छ ।

करिब डेढ महिनाको अन्तरालमा लगानीकर्ताको सम्पत्ति समेत ७ खर्ब ८२ अर्बले घटेको छ । भदौ २ गते ४४ खर्ब ६८ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति बिहिबार ३६ खर्ब ८६ अर्बमा सिमित हुन पुगेको छ। 

भदौ २ गते ३१ सय ९८ अंकमा पुगेको सेयरबजार बिहिबार २ हजार ६ सय ५१ अंक कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बैंकको बढ्दो ब्याजदर, नियामक निकायको सेयरकर्जामा कडाई र चाडपर्ब नजिकिएकाले गर्दापनि बजारमा गिरावट आएको हो ।

तरलता अभाव भएपछि बैंकहरुले  निक्षेपको ब्याजदर बढाएका छन् । यता सेयर कर्जा पनि बैंकहरुले कम गर्दै लगेका छन् । बैंकहरुको लगानी राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र तोकेकोमा केन्द्रित भएकाले सेयरकर्जा पाउन पनि लगानीकर्ताहरुलाई कठिन हुन थालेको छ ।

लगानीकर्ताहरुले बढेको बजारमा नाफा बुक गर्न खोजेकाले पनि सेयर बजार घटेको हो । त्यसैगरि नियामक निकायहरुले पछिल्लो समय सेयरबजार प्रभावित हुने गरि बनाएका नीतिलेपनि नेप्सेको ओरालो यात्रामा बल पुराएको छ । राष्ट्र बैंकले सेयरकर्जा एक  ब्यक्ति वा संस्थाले १२ करोड भन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । जसको असर पनि सेयरबजारमा परेको हो ।

ब्याज माथि जान नपाओस् भनेर राष्ट्र बैंकले पटक पटक गरेर डेढ खर्बको अन्तरालमा १ खर्ब १० अर्बको रिपो जारी गरिसकेको छ। तरपनि ब्याजदर उकालो लाग्न  र तरलता अभाव हुन छाडेको छैन । अहिले पनि तरलता अभावका कारण अन्तर बैंक ब्याजदर ४ दशमलव आठ प्रतिशत पुगिसेको छ ।