काठमाडौं । एभरेष्ट प्रिमियर लिगले काठमाण्डौं किंग्स इलाभेनका सन्दीप लामिछानेलाई जरिवाना तिराएको छ ।
चितवन टाइगर्स विरुद्ध बिहीबार भएको खेलमा स्लो ओभर खेलेको भन्दै आयोजकले १० प्रतिशत म्याच फि जरिवाना गराएको छ । लामिछाने नेतृत्वको टोलीका अन्य सदस्यले दुई प्रतिशत तिर्नुपर्नेछ । सो खेलमा चितवनले काठमाण्डौंलाई तीन विकेटले हराएको छ ।
लिग अन्तरगतको अर्को खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रिओटस बीचको खेल बराबरीमा सकिएको छ ।
खेलका क्रममा भैरहवाका श्रीलंकाली खेलाडी उपुल थरंगाको छक्का प्रहारले कीर्तिपुर मैदानमा क्यान्टिनको सिसा फुटेको छ ।
बराबरीसँगै भैरहवा लिग अंकतालिकाको शीर्ष स्थानमा कायम छ। खेलमा दुवै टोलीले एक सय ७७ रन बनाएका थिए ।