बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

इपीएल: विराटनगर र ललितपुर तथा पोखरा र चितवन भिड्दै

शुक्रबार, असोज १५ २०७८

काठमाण्डौ ।  एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् ।

किर्तिपुर क्रिकेट मैदानमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्नेछन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

यस्तै दिउँसो साढे एक बजे पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।