काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विधानको सम्पूर्ण तयारी पुरा भएको छ । महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीमा हुँदैछ ।
एमालेले पत्रकार सम्मेलन गरेर विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।
कार्यक्रममा सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ । त्यस्तै खाजा भने प्याकेटमा दिइने भएको छ ।