बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा आजपनि पहिरो, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

बिहिबार, असोज १४ २०७८

काठमाडौँ l नेप्सेमा आज बिहिबार पनि पहिरो गएको छ । आज नेप्से ३२ दसमलव ५१ अंकले घटेर २६ सय ३३ दसमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ छ दसमलव ४१ अंकले घटेर चार सय ९७ दसमलव पाँच अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ४९ हजार आठ सय ३५ पटकको कारोवारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज तीन वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव छ अंकले घटेर १८ सय ६९ दसमलव ४० अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ८२ दसमलव ५१ अंकले घटेर २८ सय १८ दसमलव ६४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त र लगानी समुहरुको सुचक पनि घटेकाछन । टे«डिङ, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक भने बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ ।